ग्लोबल


साउदीसँग १४२ अर्ब डलरको हतियार सम्झौता गरेपछि ट्रम्पले के भने?

साउदीसँग १४२ अर्ब डलरको हतियार सम्झौता गरेपछि ट्रम्पले के भने?

साउदी-अमेरिका लगानी मञ्चमा ट्रम्प।


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ६:३३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साउदी अरबसँग १४२ अर्ब डलरको हतियार सम्झौता गरेका छन्। 

साउदी अरबसहित कतार र यूएईको चारदिने भ्रमणमा निस्किएका उनले मंगलबार साउदीका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन्।

साउदीसँग हतियार सम्झौतामा हस्ताक्षरपछि ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गरेका छन्।

भाषणको सुरुवात उनले साउदी अरब 'धेरै राम्रो ठाउँ' हो र यहाँका मानिस पनि 'धेरै राम्रा' छन् भन्दै गरे। त्यसपछि उनले युवराजलाई धन्यवाद दिए र उनलाई 'असाधारण व्यक्ति' भने।

ट्रम्पले आफ्नो भ्रमण दुई देशबीचको ८० वर्षको साझेदारीको प्रतीक भएको बताए।

उनले भने, 'आज हामी हाम्रो सम्बन्धलाई पहिलेभन्दा नजिक, बलियो र शक्तिशाली बनाउन अर्को कदम चाल्दै छौँ।’

हतियार सम्झौता उल्लेख गर्दै ट्रम्पले अब साउदी अरबले १४२ अर्ब डलरको अमेरिकी निर्मित सैन्य उपकरणहरू खरिद गर्ने बताए।

ट्रम्पले आठ वर्षअघि यही कोठामा उभिएको स्मरण गर्दै त्यतिबेला आफू भविष्यमा साउदी अरबले आतंकवाद र अतिवादको शक्तिलाई ‘पूर्ण रूपमा नष्ट’ गर्ने दिनको प्रतीक्षामा रहेको सुनाए। 

उनले साउदी युवराजको प्रशंसा गर्दै भने, ‘तपाईंले केही काम गर्नुभएको छ।’

यस क्रममा ट्रम्पले ८ वर्षमा साउदी अरबले 'आलोचकहरूलाई पूर्ण रूपमा गलत साबित गरेको' बताए। 

साउदी अरबसँग १४२ अर्ब डलरको रक्षा बिक्री सम्झौतामा हस्ताक्षरलाई अमेरिकाले 'इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता' भनेको छ।

ह्वाइट हाउसले साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर 'लगानी गर्न प्रतिबद्ध’ रहेको पनि बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad