समाज


त्रिशूली नदीमा दुई बालिका बेपत्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा

त्रिशूली नदीमा दुई बालिका बेपत्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ६:३८, काठमाडौँ

नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। 

मंगलबार साँझ नुहाउने क्रममा दुईजना बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। 

बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका- ७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन्।

‘उनीहरु बेलकोटगढी-७ कचौडे भिरस्थित नदीमा नुहान र लुगाधुन भनेर मंगलबार साँझ गएका रहेछन्,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘दुई बालिका त्रिशूलीमा बेपत्ता भएको जानकारी पाउनासाथ हाम्रो टोली खोजीमा जुटेको हो। रातिसम्म खोज्दा पनि फेला परेनन्। आज पनि बिहानैबाट खोजी कार्य सुरु भइसकेको छ।’

दुई बालिका र नौ वर्षीय एक बालक नुवाउन र लुगाधुन भनेर नदीमा गएका अभिभावकको भनाई छ। दिदीहरु नदीमा बेपत्ता भएपछि बालकले अभिभावकलाई खबर गरेका थिए। 

उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad