पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत र आफ्नो देशबीचको हालैको द्वन्द्वबारे टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानले आफूलाई फेरि एकपटक बहादुर राष्ट्र प्रमाणित गरेको दाबी गरेका हुन्।
इमरान खानले एक्समा भनेका छन्, 'भारतसँगको हालैको तनावले फेरि एकपटक पाकिस्तान एक बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको छ।'
उनले अगाडि भनेका छन्, 'जसरी हाम्रा सैनिकहरूले सीमामा मोदीलाई पराजित गरेका छन्, त्यसरी नै पाकिस्तानी जनताले, विशेष गरी सामाजिक सञ्जालमा, विश्वभर मोदी र आरएसएसको कथालाई पराजित गरे।'
खानले विज्ञप्तिमा भनेका छन्, 'मोदीले पाकिस्तानमा नागरिक बालबालिका, महिला, वृद्धवृद्धा र प्रतिष्ठानहरूलाई निशाना बनाएर कायरता देखाएका छन्, जसको जवाफ हाम्रा सेनाहरूले पूर्ण शक्ति र सटिकताका साथ दिए।'
बीबीसी उर्दुका अनुसार खानले मोदीले पाकिस्तानलाई आर्थिक रूपमा पनि हानि पुर्याउन हरसम्भव प्रयास गर्ने उल्लेख गर्दै भनेका छन्', कुनै पनि नयाँ आक्रमणको अवस्थामा देश तयार र एकताबद्ध रहनुपर्छ।'
Shares

प्रतिक्रिया