अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो अडान परिवर्तन गरेका छन्।
साउदी अरबमा रहेका उनले 'इरानसँग सम्झौता गर्न चाहने' बताएका हुन्।
रियादमा साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा उनले भने, 'म इरानसँग सम्झौता गर्न चाहन्छु। यदि इरानसँग सम्झौता गर्न पाएँ भने म धेरै खुसी हुनेछु।'
ट्रम्पले आफ्नो भ्रमण विगतमा इरानका नेताहरूले गरेको अराजकताको निन्दा गर्न मात्र नभई उनीहरूलाई 'आशावादी भविष्य'तर्फ 'नयाँ र राम्रो बाटो' देखाउन पनि भएको बताए।
उनले भने, 'यदि इरानी नेतृत्वले छिमेकी देशहरूमा आक्रमण गर्न जारी राख्यो भने हामीसँग कुनै विकल्प रहने छैन र इरानमाथि अधिकतम दबाब दिनुपर्नेछ। यसका लागि हामी इरानको तेल निर्यात पूर्ण रूपमा बन्द गर्नेछौँ।'
300
Shares

प्रतिक्रिया