बिहीबार मध्यराति गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ९४ प्यालेस्टिनीको मृत्यु भएको छ। यीमध्ये धेरैजसो मानिस गाजाको दक्षिणमा रहेको सहर खान युनिसका छन्।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले बीबीसीलाई बताएअनुसार बिहान २ बजे (स्थानीय गाजा समय) देखि उद्धार टोलीले खान युनिसबाट ५६, उत्तरी गाजाको बेत लाहियाबाट ४ र मध्य गाजाको देइर अल-बलाहबाट २ जनाको शव निकालेको छ।
यी हवाई आक्रमणमा मारिनेमा महिला, बालबालिका र एक नवजात शिशु छन्।
123
Shares

प्रतिक्रिया