राजनीति


प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन

प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन

फाइल तस्बिर


नेपालखबर
जेठ १, २०८२ बिहिबार १८:१०, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसदहरू प्रतिपक्षमाथि गालीगलौजमा उत्रिने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा बिहीबार आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गरे।

‘प्रतिपक्षको काम खबरदारी गर्ने हो, सत्तापक्षले काम गरेर जवाफ दिने हो’, पुनले भने, ‘यो ढंगले जानुभन्दा प्रतिपक्षले प्रश्न उठायो भनेर मुख धेरै चलाउने, खण्डन गर्ने होइन। काम गर्छु भनेर जिम्मा लिएको सत्तापक्षका माननीय, मन्त्री र प्रत्तधानमन्त्रीले मुख चलाउने होइन, काम गर्ने हो। सरकारले कामबाट जवाफ दिएदेखि हामी केही पनि बोल्नेवाला छैनौं। हाम्रो आवाज त्यसै कमजोर भएर जान्छ। दुनियाँमा प्रतिपक्ष या जनताको खण्डन गेरर कहीं पनि लोकतन्त्र बलियो हुँदैन।’ 

फरक प्रसंगमा पुनले योजना बैंकमा सबै योजना छनौट सकिएपछि सिद्धान्त र प्राथमिकतामाथि संसद्‍मा छलफल चलाउनुको औचित्य नभएको बताए। 

‘राष्ट्रिय योजना आयोगले कार्यविधिअनुसार चैत्र मसान्तभित्र मात्र कार्यक्रमहरु इन्ट्री गर्न सकिन्छ भनेको थियो,’ उनले भने, ‘ सबै योजना इन्ट्री भइसकेको छ। अहिले हामी जेठ १ गते छलफल गर्दैछौं। यो तरिकाले हुँदैन। यसलाई बदल्नुपर्छ। योजना बैंकमा आयोजना दर्ता भएर कार्यक्रम नै इन्ट्री भइसक्यो यहाँ हामी बल्ल सिद्धान्तको कुरा गर्दैछौं। यो खालको बिसंगति छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad