ग्लोबल


अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

अमेरिकाका विदेशमन्त्री मार्को रुबियो


नेपालखबर
जेठ २, २०८२ शुक्रबार १०:४७, काठमाडौँ

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टर्कीमा युक्रेन र रुसबीच हुने शान्ति वार्ताबाट आफूलाई धेरै आशा नभएको बताएका छन्।

उनले वार्ता सफल बनाउन आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच नै प्रत्यक्ष वार्ता गर्नुपर्ने बताएका हुन्।

टर्कीमा विदेशमन्त्री मार्को रुबियोले नेटो बैठकछेक युरोपेली विदेश मन्त्रीहरूसँग भेट गरेका छन्। 

बैठकपछि उनले भने, ‘राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनले यस विषयमा प्रत्यक्ष छलफल नगरेसम्म मलाई लाग्दैन- हामी यसमा कुनै सफलता हासिल गर्न सक्छौँ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इस्तानबुलमा वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने पुष्टि गरे, तर मस्कोले पठाएको "तल्लो स्तरको" प्रतिनिधिमण्डलको आलोचना गरे।

यसअघि जेलेन्स्कीले पुटिन नै वार्तामा उपस्थित भए युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व आफूले गर्ने बताएका थिए, तर पुटिन यसमा सहभागी हुने छैनन्। 

युक्रेनसँग प्रत्यक्ष शान्ति वार्ताको प्रस्ताव पुटिनले नै गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad