ग्लोबल


अमेरिकाका पूर्वराष्ट्रपति बाइडेनलाई 'हाई ग्रेड' क्यान्सर

मेलानिया र म दुःखी छौँ: ट्रम्प
अमेरिकाका पूर्वराष्ट्रपति बाइडेनलाई 'हाई ग्रेड' क्यान्सर

नेपालखबर
जेठ ५, २०८२ सोमबार ७:३७, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ।

उनको कार्यालयले विज्ञप्ति जारी गरी क्यान्सर हड्डीसम्म फैलिएको पाइएको जानकारी दिएको छ।

८२ वर्षीय बाइडेनलाई गत हप्ता पिसाबसँग सम्बन्धित लक्षण देखिएपछि डाक्टरकहाँ परीक्षण गराइएको थियो।

त्यस क्रममा शुक्रबार उनमा क्यान्सर रहेको पत्ता लागेको हो। 

उनको रोगलाई  'हाई ग्रेड' (उच्च श्रेणीको) क्यान्सरका रूपमा वर्गीकरण गरिएको छ।

क्यान्सर रिसर्च युकेका अनुसार यसको अर्थ क्यान्सर कोष द्रुत गतिमा फैलिन सक्छन्।

बाइडेन र उनको परिवारले उपचारका विकल्पबारे समीक्षा गरिरहेका छन्।

पूर्वराष्ट्रपति बाइडेनको कार्यालयले क्यान्सर हर्मोन-संवेदनशील भएको बताएको छ, जसको अर्थ यसलाई व्यवस्थापन गर्न सकिन्छ।

बाइडेनलाई क्यान्सर भएको थाहा भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘जो बाइडेनको हालैको चिकित्सा निदानबारे सुनेर मेलानिया र म दुःखी छौँ।’

ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad