ग्लोबल


रुसले २५० ड्रोन, १४ मिसाइल हान्यो, १३ जनाको मृत्यु भयो: युक्रेन

‘धेरैवटा भवनमा आगो लाग्यो, ५६ जना घाइते भए’
रुसले २५० ड्रोन, १४ मिसाइल हान्यो, १३ जनाको मृत्यु भयो: युक्रेन

रुसको हवाई आक्रमणले युक्रेनमा क्षतिग्रस्त आवासीय भवन


नेपालखबर
जेठ ११, २०८२ आइतबार ५:५०, काठमाडौँ

रुसले युक्रेनका धेरै ठाउँमा हवाई आक्रमण गरेको र त्यसमा कम्तीमा १३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

साथै हमलामा ५६ जना घाइते भएको उनीहरूले जानकारी दिएका छन्।

युक्रेनको वायुसेनाले रुसले देशको राजधानी किभमा २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

आक्रमणका कारण धेरैवटा आवासीय भवनमा आगलागी भएको बताइएको छ। 

रुसी आक्रमणपछि धेरै आवासीय भवनहरूमा आगलागी भएको रिपोर्ट पनि आएको छ।

रुसको हवाई आक्रमणमा परी राजधानी किभमा मात्र १४ जना घाइते भएको युक्रेनी वायु सेनाले जनाएको छ। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यस्ता हरेक आक्रमणबाट विश्व अझ प्रस्ट हुँदै छ- युद्ध लम्ब्याउने काम मस्को (रुस) ले गरिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad