ग्रिसकी राजकुमारी थिओडोरा र भारतीय मूलका अमेरिकी वकिल म्याथ्यु कुमारबीच भएको विवाहका तस्बिर यतिबेला भाइरल भइरहेका छन्।
त्यसो त उनीहरूको बिहे सेप्टेम्बर २०२४ मै भएको थियो। त्यसबेला पनि उनीहरूको विवाह सञ्चारमाध्यममा प्रमुख शीर्षक बनेको थियो।
प्रेममा परेपछि राजकुमारी थिओडोराले म्याथ्यु कुमारलाई २०१६ मा भेटेकी थिइन्।
त्यसपछि उनीहरूले २०१८ मा इन्गेजमेन्ट गरेका थिए। अनि २०२० मा विवाह गर्ने योजना बनाएका उनीहरू २०१९ मा देहरादुन आएर हल्दी गरेका थिए।
तर लगत्तै कोरोना महामारी र त्यसपछि २०२३ मा राजकुमारीका बुबा अर्थात् राजा कन्स्टेन्टाइनको मृत्युका कारण निर्धारित मितिमा बिहे हुन सकेन।
यसपछि उनीहरूले २०२४ सेप्टेम्बरमा बिहे गरेका थिए।
सेतो गाउनमा ४१ वर्षीया राजकुमारीको सुन्दरता हेर्न लायक थियो भने म्याथ्यु पनि निकै आकर्षक देखिएका थिए।
अहिले त्यही बेलाका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका हुन्।





Shares

प्रतिक्रिया