ग्लोबल


अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा भारतीय परिवारै बितेको घटनामा २ जनालाई १० वर्ष जेल

अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा भारतीय परिवारै बितेको घटनामा २ जनालाई १० वर्ष जेल

२०२२ जनवरीमा अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा बितेको भारतीय परिवार।


नेपालखबर
जेठ १५, २०८२ बिहिबार ८:२३, काठमाडौँ

अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गर्दा चिसोका कारण चार सदस्यीय भारतीय परिवारकै मृत्यु भएको मुद्दामा अमेरिकी राज्य मिनेसोटाको एक अदालतले दुई जनालाई दश वर्षको जेल सजाय सुनाएको छ।

गत जनवरी २०२२ मा एक भारतीय परिवारका चार सदस्य क्यानडा हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए। त्यस क्रममा -३५ डिग्री सेल्सियसभन्दा कम तापक्रमका कारण उनीहरू हिउँ आँधीमा फसे र चारै जना बिते। 

खोजीको क्रममा क्यानेडियन प्रहरीले भारतीय नागरिक वैशालीबेन पटेल, उनका पति जगदीश र उनीहरूका दुई छोराछोरी ११ वर्षीया विहांगी र ३ वर्षीय धरमिकको शव अमेरिकी सीमाबाट १२ मिटर टाढा मनिटोबाको एउटा खेतमा फेला पारेको थियो।

उक्त घटनामा हर्षकुमार रमनलाल पटेल र स्टिभ एन्थोनी शान्ड नामका दुई पुरुषलाई अमेरिकी अदालतले १०/१० वर्षको जेल सजाय सुनाएको हो। 

उनीहरूलाई मानव बेचबिखन, आपराधिक षड्यन्त्र र अनैच्छिक हत्याको कसुरमा उक्त सजायको फैसला भएको हो। 

त्यो भारतीय परिवारको मृत्यु भएको झन्डै तीन वर्षपछि उनीहरूविरुद्ध दर्ता मुद्दाको सुनुवाइ गत वर्ष नोभेम्बरमा सुरु गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad