ग्लोबल


बन्धक रिहा गर्ने वाचा गर्दै हमासले अमेरिकासमक्ष राख्यो यस्ता माग

बन्धक रिहा गर्ने वाचा गर्दै हमासले अमेरिकासमक्ष राख्यो यस्ता माग

गाजाको एक दृश्य


नेपालखबर
जेठ १८, २०८२ आइतबार ८:३७, काठमाडौँ

अमेरिकाले प्रस्तुत गरेको युद्धविराम प्रस्तावप्रति हमासले प्रतिक्रिया दिएको छ।

हमासले १० जीवित इजरायली बन्धक र १८ मृतकको शव हस्तान्तरण गर्न तयार बताउँदै बदलामा इजरायलले केही प्यालेस्टिनी कैदी रिहा गर्नुपर्न सर्त राखेको छ। 

साथै उसले आफ्ना पुराना माग पनि दोहोर्‍याएको छ। जस्तै: स्थायी युद्धविराम, गाजाबाट सबै इजरायली सेना फिर्ता र निरन्तर मानवीय सहायताको ग्यारेन्टी।

जुन माग अमेरिकाले तयार पारेको युद्धविराम प्रस्तावमा समावेश छैनन्।

इजरायलले भने अमेरिकाले गरेको युद्धविराम प्रस्ताव स्वीकार गरिसकेको छ। 

हमासले आफ्ना माग समेटिनुपर्ने प्रतिक्रिया अमेरिकासमक्ष पठाएको छ। जुन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेका छन्। 

विटकफले विज्ञप्तिमा भनेका छन्, ‘मलाई अमेरिकी प्रस्तावप्रति हमासको प्रतिक्रिया प्राप्त भएको छ। यो पूर्णतया अस्वीकार्य छ र शान्ति प्रक्रियालाई पछाडि लैजान्छ। हमासले हाम्रो प्रस्तावलाई वार्ताको आधारशिलाका रूपमा स्वीकार गर्नुपर्छ, ताकि हामी अर्को हप्ता वार्ता सुरु गर्न सकौँ। यो नै चाँडै ६० दिने युद्धविराम लागू गर्ने एक मात्र तरिका हो।’

यसैबीच इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले अमेरिकी प्रस्तावका विषयमा विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘इजरायलले आफ्ना बन्धक रिहाइका लागि विटकफको प्रस्ताव स्वीकार गरे पनि हमास अझै आफ्नो जिद्दीमा अडिग छ।’

अमेरिका, बेलायत र युरोपेली संघले हमासलाई आतंकवादी संगठन घोषणा गरेका छन्।

तैपनि हमासले गाजामा स्थायी युद्धविराम नभएसम्म र सबै इजरायली सेना फिर्ता नभएसम्म आफू पछि नहट्ने अडान लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad