ग्लोबल


पेरिसमा पीएसजी समर्थक र प्रहरीबीच झडप, ३०० जना पक्राउ

पेरिसमा पीएसजी समर्थक र प्रहरीबीच झडप, ३०० जना पक्राउ

च्याम्पियन्स लिगको फाइनल जितेपछि खुसी मनाउने क्रममा पीएसजीका समर्थकहरू र प्रहरीबीच झडप भएको छ।


नेपालखबर
जेठ १८, २०८२ आइतबार ११:५६, काठमाडौँ

फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट-जर्मेन  (पीएसजी) का समर्थकबीच झडप भएको छ।

त्यस क्रममा प्रहरीले झन्डै ३०० जनालाई पक्राउ गरेको छ।

पीएसजीका समर्थकहरू टोलीले च्याम्पियन्स लिगको फाइनल जितेपछि विजयोत्सव मनाइरहेका बेला प्रहरीसँग झडप भएको बीबीसीले जनाएको छ।

पीएसजीको स्टेडियम पार्क डेस प्रिन्सेस र च्याम्प्स-एलिसेस क्षेत्रमा लगभग ५० हजार मानिस ठूला स्क्रिनमा खेल हेरिरहेका थिए।

जितपछि केही मानिसले पटाका पड्काएका थिए भने बस स्टप तोडफोड तथा सवारीसाधनमा आगो लगाएका थिए।

प्रहरीले करिब ३०० जनालाई पक्राउ गरेको बताएको छ। यीमध्ये धेरैजसो मानिसलाई पटाका राखेको र तोडफोड गरेको आरोप छ।

उत्सवका क्रममा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा ५,४०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो।

भीड रोक्न पानीका फोहरा र अश्रुग्यास प्रयोग गरिएको थियो।

पीएसपीले च्याम्पियन्स लिगको फाइनल जित्दै पहिलोपटक युरोपको सबैभन्दा ठूलो ट्रफी हात पारेको हो।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पीएसजीलाई जितको बधाई दिँदै भने, ‘बधाई छ, हामी तपाईंहरूप्रति गर्व गर्छौं। आज पेरिस युरोपको राजधानी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad