ग्लोबल


ट्रम्पको घोषणा: मस्कसँगको सम्बन्ध समाप्त

ट्रम्पको घोषणा: मस्कसँगको सम्बन्ध समाप्त

नेपालखबर
जेठ २५, २०८२ आइतबार ८:५४, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इलोन मस्कसँगको आफ्नो सम्बन्ध अब समाप्त भएको बताएका छन्।

शनिबार एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको घनिष्ठ सम्बन्ध अब सकिएकै हो त भनेर सोध्दा उनले भने, ‘हो, मलाई त्यस्तै लाग्छ।’

उनलाई अर्को प्रश्न सोधियो- तपाईं यो सम्बन्ध सुधार गर्न चाहनुहुन्छ?

ट्रम्पले भने, ‘अहँ।’ 

ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा मस्कसँग भनाभनपछि आएको हो।

मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि दुई जनाबीच वैमनस्य बढेको हो। 

धेरैजसो रिपब्लिकन नेता अझै पनि ट्रम्पको समर्थनमा छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मस्कले ‘अतिप्रतिक्रिया’ दिएकाले उनलाई अब पार्टीमा पुन: समावेश नगरिने बताएका छन्। 

भान्सले पोडकास्टमा भनेका छन्, ‘ट्रम्पविरुद्ध मस्कको आक्रमण ठूलो गल्ती हो।’ 

केही दिनयता मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’को आलोचना गरिरहेका छन्।  यो कंग्रेसबाट पारित हुने प्रक्रियामा छ।

मस्कले यो विधेयक पारित भएमा यसले राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्नेछ र डजको प्रमुखका रूपमा आफूले गरेको कामलाई कमजोर बनाउने दाबी गरेका छन्। मस्कले हालै डज छाडिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad