ग्लोबल


मुम्बईमा गुडिरहेको रेलबाट १० यात्रु खसे

मुम्बईमा गुडिरहेको रेलबाट १० यात्रु खसे

दुर्घटनास्थल


नेपालखबर
जेठ २६, २०८२ सोमबार १३:५८, काठमाडौँ

सोमबार बिहान मुम्बईको ठाणे जिल्लास्थित मुम्ब्रा रेलवे स्टेसननजिकै चलिरहेको लोकल ट्रेनबाट करिब १० जना यात्रु खसेका छन।

दुर्घटनामा १ जनाको मृत्यु भएको ९ यात्रु जना घाइते भएको जानकारी ठाणे महानगरपालिकाले दिएको छ। 

यो दुर्घटना सोमबार बिहान ९:२० बजेतिर भएको हो। कसराबाट सीएसएमटी जाँदै गरेको फास्ट लोकल ट्रेनबाट यात्रु खसेका हुन्। 

मध्य रेलवेका सीपीआरओ स्वप्निल धनराज निलाका अनुसार ठाणेको मुम्ब्रा र दिवाबीच गुडिरहेको लोकल ट्रेनबाट यात्रु खसेका हुन्। सबै घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

सीपीआरओ स्वप्निलले दुर्घटना मुम्ब्रा र दिवा रेलवे स्टेसनबीचको डाउन/फास्ट लाइनमा भएको बताए। 

उनले भने, ‘एउटा रेल कसरा तर्फ र अर्को सीएसएमटी तर्फ गइरहेको खबर आएको थियो। दुवै रेलका केही यात्रु फुटबोर्डमा उभिरहेका थिए र दुई रेल एकअर्कासँग ठोकिँलदा केही मानिसहरू तल खसे।’

सीपीआरओले यो दुई रेल ठोकिएको नभई फुटबोर्डमा यात्रा गर्ने यात्रुहरू एकअर्कासँग अल्झिएको बताएका छन्। 

उनले भने, ‘सामान्यतया दुई रेलबीच १.५ देखि २ मिटरको दूरी हुन्छ, तर जब रेल मोडमा हुन्छ, यो थोरै ढल्किन्छ। यो दुर्घटना यही झुकावका कारण भएको हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad