कला


‘एक्लो’ मा यस्तो छ सुनिल थापाको लुक्स

‘एक्लो’ मा यस्तो छ सुनिल थापाको लुक्स

नेपालखबर
जेठ २६, २०८२ सोमबार १४:१४, काठमाडौँ

फिल्म ‘एक्लो’को सुनील थापा र एवन राज उप्रेतीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सुनील र एवन भिन्न अवतार देख्न सकिन्छ।

केहि साताअघि ‘एक्लो’ ले कान्समा स्टल राखेर चलचित्रको मार्केटिंग सुरू गरेको थियो। कान्स पछि ‘एक्लो’ को चर्चा बढेको छ। यस फिल्मका निर्देशक प्रदीप शाही हुन्। शाहीको यो तेश्रो निर्देशकीय फिल्म हो। 

लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन्। हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। चलचित्रको प्रदर्शन मिति भने फाइनल गरिएको छैन।

फिल्ममा प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी,त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad