दिल्लीका पूर्वमुख्यमन्त्री आतिशीलाई मंगलबार दिल्ली प्रहरीले हिरासतमा लिएको छ।
कालकाजीको भूमिहीन शिविरमा बस्ती हटाउने विरोधमा सामेल भएका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मिडियासँग कुरा गर्दै आम आदमी पार्टी (आप) का नेता आतिशीले भनिन्, ‘भाजपाले यी बस्तीहरू भत्काउनेछ र आज मलाई जेलमा हाल्दै छ। किनभने आज म यी बस्तीवासीहरूको आवाज उठाइरहेको छु।’
आतिशीले भनिन्, ‘भाजपा र रेखा गुप्ताजीलाई बस्तीवासीहरूले श्राप दिनेछन्। भाजपा कहिल्यै (सत्तामा) फर्कने छैन। यसलाई गरिब मानिसहरूको श्राप लाग्नेछ।’
डीडीएले भूमिहीन शिविरका बासिन्दाहरूलाई यही जुन ८, ९ र १० सम्म आफ्नो ठाउँ खाली गर्न सूचना दिएको थियो। अन्यथा प्रशासनले कारबाही गर्ने चेतावनी दिएको थियो।
भिडिओ-
— ANI (@ANI) June 10, 2025#WATCH | Delhi: Former CM Atishi says, "BJP is going to demolish these jhuggis tomorrow and I am being jailed today because I am raising my voice for these slum dwellers. 'BJP aur Rekha Gupta ko jhuggi waalon ki haay lagegi.'.. BJP will never come back." https://t.co/x3anje89AG pic.twitter.com/Ofb3K8AXH3
Shares

प्रतिक्रिया