ग्लोबल


आईएसआईएस सदस्य भन्दै इरानमा ९ जनालाई फाँसी

आईएसआईएस सदस्य भन्दै इरानमा ९ जनालाई फाँसी

सांकेतिक तस्बिर


नेपालखबर
जेठ २७, २०८२ मंगलबार २०:१४, काठमाडौँ

इरानको न्यायपालिकाले 'नौ जना आईएसआईएस सदस्यलाई फाँसी दिइएको' बताएको छ।

तर मृत्युदण्ड दिइएकाहरूको परिचय, मुद्दा र फाँसी दिइएको समय खुलाइएको छैन। 

इरानी न्यायपालिका समाचार एजेन्सी मिजानका अनुसार फेब्रुअरी २०१७ मा पश्चिमी इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) सँगको झडपमा उनीहरूलाई पक्राउ गरिएको थियो। 

आईआरजीसीले त्यतिबेला झडपमा आफ्ना तीन अधिकारी मारिएको बताएको थियो।

रिपोर्टअनुसार मृत्युदण्डको सजाय दिइएकाहरूलाई 'सशस्त्र विद्रोहमार्फत युद्ध अपराध गरेको र युद्धका हतियार राखेको' कसुर लगाइएको थियो।

इरानमा विद्रोहलाई इरानी फौजदारी कानुनमा समावेश गरिएको छ। यसको अर्थ आक्रामक र व्यक्तिगत अधिकारको उल्लंघन र इस्लामिक शासनविरुद्ध विद्रोह हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad