अस्ट्रियाको ग्राट्ज सहरस्थित ड्रेयर्सचुटजेनगासे हाई स्कुलमा मंगलबार पूर्वविद्यार्थीले गोली हानेर ९ विद्यार्थी मारेका छन् भने आफू पनि मरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोली लागेर १२ जना घाइते पनि भएका छन्।
अस्ट्रियन प्रहरीका अनुसार विद्यालयमा गोली चलाउने व्यक्ति २१ वर्षका थिए। उनी यही विद्यालयको पूर्वविद्यार्थी भएको त्यहाँका गृहमन्त्री गेरहार्ड कार्नरले बताएका छन्।
ती व्यक्तिले गोली हानेर ९ विद्यार्थी मारिसकेपछि स्कुलको बाथरुम गएर आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्।
यस आक्रमणको पछाडिको उद्देश्य अझै थाहा छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।
आक्रमणमा एउटा लामो बन्दुक र एउटा ह्यान्डगन प्रयोग गरिएको प्रहरीले बताएको छ।
यसैबीच अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।
Shares

प्रतिक्रिया