ग्लोबल


अस्ट्रियाको विद्यालयमा गोली लागी मृत्यु हुनेको संख्या ११ पुग्यो, आज श्रद्धाञ्जली

अस्ट्रियाको विद्यालयमा गोली लागी मृत्यु हुनेको संख्या ११ पुग्यो, आज श्रद्धाञ्जली

मृतकहरूलाई श्रद्धाञ्जली दिन जाँदै विद्यार्थी।


नेपालखबर
जेठ २८, २०८२ बुधबार ८:१९, काठमाडौँ

अस्ट्रियाको ग्राजस्थित  ड्रेयर्सचुटजेनगासे हाई स्कुलमा मंगलबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यसलाई त्यहाँ अहिलेसम्मकै सबैभन्दा ठूलो गोलीकाण्ड ठानिएको बीबीसीले जनाएको छ। 

यस घटनाका लागि अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ।

मृतकहरूलाई आज बुधबार श्रद्धाञ्जली दिइँदै छ। 

अस्ट्रियन प्रहरीका अनुसार विद्यालयमा गोली चलाउने व्यक्ति २१ वर्षका थिए। उनी यही विद्यालयको पूर्वविद्यार्थी भएको त्यहाँका गृहमन्त्री गेरहार्ड कार्नरले बताएका छन्। 

ती व्यक्तिले गोली हानेर ९ विद्यार्थी मारिसकेपछि स्कुलको बाथरुम गएर आत्महत्या गरेको अधिकारीहरूले बताएका छन्। 

यस आक्रमणको पछाडिको उद्देश्य अझै थाहा छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।

आक्रमणमा एउटा लामो बन्दुक र एउटा ह्यान्डगन प्रयोग गरिएको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad