ग्लोबल


इजरायलको आक्रमणमा इरानका आईआरजीसी कमान्डर मारिए, सेना प्रमुख पनि मारिएको दाबी

इजरायलको आक्रमणमा इरानका आईआरजीसी कमान्डर मारिए, सेना प्रमुख पनि मारिएको दाबी

फाइल तस्बिर: इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर हुसेन सलामी


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ८:२७, काठमाडौँ

इजरायलले इरानमा शुक्रबार बिहानैदेखि आक्रमण गरिरहेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार बिहान इजरायली लडाकु विमानले इरानमा हमला गरेको बताएका छन्।

न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाले तेहरान वरपरका कम्तीमा ६ सैन्य अड्डामा आक्रमण गरेको हो। 

यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले इजरायलको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर हुसेन सलामी मारिएको पुष्टि गरेको छ।

हुसेन सलामी इरानी सेनामा सबैभन्दा महत्त्वपूर्ण पदमा थिए। उनको नेतृत्वमा आईआरजीसीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली सम्हाल्ने गर्थ्यो।

अल-जजीराका अनुसार इजरायली आक्रमणमा दुई प्रमुख इरानी आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरानची र फेरेदुन अब्बासी पनि मारिएका छन्।

उता इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सेना अधिकारी र केही वरिष्ठ आणविक वैज्ञानिक पनि आक्रमणमा मारिएको दाबी गरेको छ।

इजरायलको आक्रमणले इरानमा भवनमा भएको क्षतिको एक तस्बिर

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आवश्यक परुन्जेल इरानविरुद्ध आक्रमण जारी रहने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad