बिहीबार (जुन १२ तारिख) अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको स्थानबाट हालसम्म २६५ वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि बिहीबार मृत्यु पुष्टि भएका २४१ जना चालक दलका सदस्यसहित विमानमा सवार यात्रु थिए भने बाँकी २४ मृतक दुर्घटनास्थलमा रहेका भवनका व्यक्ति हुन्।
मृतक ५ जना विमान खसेको मेडिकल होस्टेलका हुन्। विमान खस्दा बीजे मेडिकल कलेजको होस्टेलमा ५० भन्दा बढी मानिस थिए।
तर होस्टेलमा कति जनाको मृत्यु भयो भन्ने कुरा अझै स्पष्ट छैन। ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी श्रीमतीको मृत्यु भएको रिपोर्ट आएको छ।
एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर उडान एआई-१७१ बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडेको थियो। त्यसको २ मिनेटमै विमान खसेको थियो।
विमानमा चालक दलका १२ सदस्य तथा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित कुल २३० यात्रु थिए।
यीमध्ये एक यात्रु मात्र बाँचेका छन्।
Shares

प्रतिक्रिया