बलिउड फिल्म ‘हाउसफुल ५’ले नेपाली बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। विश्वभर २ सय करोड भारतीय रुपैयाँ कमाइसकेको यस फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको हो।
वितरक रोहित कट्टेलका अनुसार यस फिल्मले नेपालमा ४ करोड ग्रस कलेक्सन गरिसकेको छ। योसँगै ‘हाउसफुल ५’ सन् २०२५ को अहिलेसम्मकै सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ।
यद्यपी, चलचित्र विकास बोर्डको तथ्याङअनुसार फिल्मको कमाइ ३ करोड जति मात्रै छ।
सन् २०२४ मा नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा भारतीय फिल्म ‘पुष्पा २’ थियो। यस फिल्मले २६ करोड ४४ लाख रुपैयाँ कमाएको थियो। अघिल्लो वर्ष ‘कल्की’ ले नेपालमा १२ करोड ५७ लाख र ‘स्त्री २’ले ८ करोड ११ लाख नेरु कमाएका थिए।
252
Shares

प्रतिक्रिया