ग्लोबल


इजरायलसँग हानाहानबीच इरान–चीन फोनवार्ता

इजरायलसँग हानाहानबीच इरान–चीन फोनवार्ता

नेपालखबर
असार १, २०८२ आइतबार १४:१०, काठमाडौँ

चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गरेका छन्।

चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्री यीले अराघचीसँग शनिबार टेलिफोन कुराकानी गरेको जानकारी दिएको हो। 

विज्ञप्तिअनुसार, ‘सय्यद अब्बास अराघचीले वाङ यीलाई क्षेत्रीय अवस्था र हालैका घटनाक्रमबारे जानकारी गराएका छन्।’

‘सय्यद अब्बास अराघचीले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भने- इजरायलले इरानमाथि गरेको हालैको आक्रमणमा धेरै इरानी सैनिक र सर्वसाधारणको मृत्यु भएको छ। यस आक्रमणमा इजरायलले इरानको आणविक स्थलहरूलाई पनि निशाना बनाएको छ, जुन अन्तर्राष्ट्रिय कानुनविरुद्ध हो।’

यस क्रममा अराघचीले अन्तर्राष्ट्रिय समुदायले इजरायललाई सैन्य कारबाही रोक्न सामूहिक रूपमा अपिल गर्ने आशा पनि व्यक्त गरे। 

वाङ यीले भने इजरायलले इरानमा आक्रमण गर्नेबित्तिकै चीनले आफ्नो अडान स्पष्ट पारेको बताए। 

उनले भने, ‘चीनले यो आक्रमणलाई इरानको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लंघन भनेको छ र चीनले इरानी अधिकारीलक्षित आक्रमण र नागरिकहरूको मृत्युको कडा विरोध गर्दछ।’

‘इजरायलको यो कदम संयुक्त राष्ट्र संघको नियम र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तविरुद्ध छन्। विशेष गरी इरानको आणविक स्थलहरूमा इजरायलको आक्रमण धेरै खतरनाक छ र यसको गम्भीर परिणाम हुन सक्छ।’

चीनले इजरायललाई दबाब दिने देशहरूलाई शान्ति स्थापनाका लागि ठोस कदम चाल्न अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad