ग्लोबल


इजरायल–इरान युद्ध चौथो दिनमा : २२४ इरानी र २४ इजरायली मारिए

इजरायल–इरान युद्ध चौथो दिनमा : २२४ इरानी र २४ इजरायली मारिए

नेपालखबर
असार २, २०८२ सोमबार १५:५६,

इजरायल र इरानबीचको युद्ध चौथो दिनमा प्रवेश गरेको छ। इजरायलले शुक्रबार इरानी आणविक केन्द्र, सैन्य अखडा र बस्तीमा आक्रमण गरेर लडाइँको सुरुवात गरेको थियो। इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रद्वारा जवाफ दिएको थियो।

युद्ध चौथो दिनमा प्रवेश गर्दा २२४ इरानीले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसमध्ये पहिलो दिन १२८ जना मारिएका थिए। जसमा इरानी सेनाको नेतृत्वदायी टोलीदेखि आणविक वैज्ञानिक र सर्वसाधारणसम्म छन्। 

१ हजार २७७ जना घाइते भएको इरानको भनाइ छ।

इजरायलतर्फ भने मारिनेको संख्या २४ पुगेको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। स्वस्थ्य अधिकारीहरूले ३०० जना अस्पतालमा रहेको बताएका छन्। पछिल्लो आक्रमणमा आठ जना मारिएका छन्।

इजरायलको हवाइ प्रतिरक्षा प्रणाली बलियो मानिँदै आएको थियो। तर, इरानी क्षेप्यास्त्रहरूले तिनलाई पार गरेर तेल अभिभ, हाइफाजस्ता सहरमा ठूलो क्षति पुर्‍याएका छन्। यसबाट इजरायली आम मानिस चकित देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सरकारी अधिकारीहरूले भने प्रतिरक्षा प्रणालीले राम्रो काम गरिरहेको तर कुनै पनि प्रणालीले सत प्रतिशत क्षेप्यास्त्र रोक्न नसक्ने बताइरहेका छन्। 

इजरायलले इरानी राजधानी तेहरानको आकाशमा कारबाहीको पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ। 

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गर्ने इजरायली प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खारेज गरेको अमेरिकी अधिकारीहरूले बताएका छन्। ट्रम्पले इजरायल र इरानलाई संवादमा जुट्न आग्रह गरेका छन्।

तर, इरानी अधिकारीहरूले इजरायली आक्रमण जारी रहँदा वार्ता सम्भव नभएको जवाफ दिएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad