खेल


टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली

टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली

नेपालखबर
असार २, २०८२ सोमबार १५:५८, काठमाडौँ

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय खेलमा सोमबार शतक पूरा गर्दैछ। 

नेपालले सन् २०१४ मा हङकङविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो। 

स्कटल्यान्डमा हुने टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग आज सोमबार हुने खेल नेपाली पुुरुष क्रिकेट टोलीको एक सयौँ अन्तर्राष्ट्रिय खेल हो। 

नेपालले नेदरल्यान्ड्ससँग अहिलेसम्म सर्वाधिक १३ पटक प्रतिस्पर्धा गरेको छ। १३ खेलमा नेपालले सबैभन्दा धेरै हार पनि डच टोलीसँग नै व्यहोरेको छ। डच टोलीसँगको १३ खेलमा नेपालले ७ खेलमा हार व्यहोरेको छ। 

नेपालले यसअघि खेलेको ९९ खेलमा मलेसियासँग १० पटक भएको छ। टी–२० आई इतिहासमा सर्वाधिक जित हात पार्ने क्रममा नेपालले मलेसियालाई ९ खेलमा पराजित गरेको छ। १ खेलमा मात्र हार भोगेको छ। 

हङकङसँग १२ पटक भेट भएको नेपालले युएईसँग १० पटक आमनेसामने भएको छ। 

बंगलादेशसँग २ पटक विश्वकपमा भेट भएको छ। भारतसँग एसियाली खेलकुद र दक्षिण अफ्रीकासँग टि–२० विश्वकप खेलेको छ। 

नेपालबाट अहिलेसम्म ४९ खेलाडीले टी–२० आई क्रिकेट खेलेका छन्। नन्दन यादवले हङकङमा ४९ औँ टी–२० क्याप पाएका थिए। 

नेपालका लागि सोमपाल कामी, करण केसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक टी–२० आई खेलेका छन्। नेपालका लागि यी तिन खेलाडीले समान ७८ पटक नेपालका लागि खेलेका छन्।

नेपालले पहिलो पटक टी–२० आई खेल्दा सोमपाल टोलीका सदस्य थिए। तर नेपालको १ सयौँ टी–२० अन्तराष्ट्रिय खेल्दा उनी टोली बाहिर छन्। 

कप्तान रोहित पौडेलले ६३ टी–२० आई खेल खेलेका छन्। 

नेपालका लागि अमृत भट्टराई र भुवन कार्कीले समान एक खेल मात्र खेलेका छन्।

नेपालका ९९ खेलका प्रतिद्वन्द्वी: अफगानिस्तान १, बंगलादेश २, भारत १, आयरल्यान्ड ३, दक्षिण अफ्रीका १, जिम्बावे २, भुटान १, क्यानडा ३, हङकङ १२, केन्या ५, कुवेत ३, मलेसिया १०, माल्दिभ्स ३, मंगोलिया १, नामिबिया २, नेदरल्यान्ड्स १३, ओमान ८, पपुवा न्युगिनी ६, फिलिपिन्स १, कतार ३, साउदी अरब १, सिंगापुर ३, थाइल्याण्ड १, यूएई १०, अमेरिका ३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad