चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई सकेसम्म चाँडझ त्यहाँबाट बाहिरिन सुझाव दिएको छ।
इजरायल-इरान द्वन्द्व चर्किंदै गएपछि इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई सकेसम्म चाँडो त्यहाँबाट निस्किन भनेको हो।
इजरायली हवाई क्षेत्र बन्द भएकाले भूमि सीमा पार गरेर इजरायल छाड्न चिनियाँ दूतावासले आफ्ना नागरिकलाई सल्लाह दिएको छ।
सोमबार जारी सूचनामा चिनियाँ दूतावासले इजरायलमा रहेका चिनियाँ नागरिकलाई जोर्डन हुँदै इजरायली भूमि छाड्न भनेको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले इजरायलका सम्बन्धित सरकारी विभागले जोर्डन र इजिप्टसँग जोडिएका सीमा खुला रहने पुष्टि गरेको बताएको छ।
780
Shares

प्रतिक्रिया