ग्लोबल


ट्रम्पद्वारा इरानमा आक्रमण गर्ने योजना अनुमोदन

ट्रम्पद्वारा इरानमा आक्रमण गर्ने योजना अनुमोदन

नेपालखबर
असार ५, २०८२ बिहिबार ८:१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ।

एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन्।

यो समाचार पहिलोपटक वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको थियो।

यसअघि ट्रम्पलाई इरानमा अमेरिकाले सैन्य हस्तक्षेप गर्छ कि गर्दै भनेर सोध्दा उनले भनेका थिए, ‘म यसो गर्न सक्छु, नगर्न पनि सक्छु।’

इजरायलले यही जुन १३ बिहान इरानमा हवाई आक्रमण गरेयता दुई देशबीच हानाहान जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad