इरानबाट उद्धार गरेर आज (बिहीबार) बिहान भारत ल्याइएका भारतीय विद्यार्थीले त्यहाँको भयावह अवस्थाबारे बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार युद्धग्रस्त इरानबाट उद्धार गरी आर्मेनिया पुर्याइएका ११० भारतीय विद्यार्थी लिएर विमान बिहीबार बिहान दिल्ली आइपुगेको हो।
तीमध्ये केही विद्यार्थीले इरानको अवस्थाबारे बताएका हुन्।
तीमध्ये एक भारतीय विद्यार्थी यासिर गफ्फरले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘मैले त्यहाँ धेरै देखेँ... क्षेप्यास्त्र आक्रमण देखेँ... रातमा ठूलो आवाज सुनेँ... म भारत पुग्न पाउँदा खुसी छु... जब अवस्था सुधार हुन्छ, हामी फेरि इरान जानेछौँ...।’
अर्का विद्यार्थी गजलले भनिन्, ‘हामी फर्कन पाउँदा धेरै खुसी छौँ... भारतीय दूतावासले हामीलाई धेरै राम्रोसँग उद्धार गर्यो। हामी उसप्रति धेरै आभारी छौँ... तेहरानको अवस्था धेरै खराब छ, तर हामी जहाँ बस्यौँ, उर्मिया, त्यहाँको अवस्था अन्य सहरभन्दा राम्रो थियो।’
भिडिओ-
#WATCH ईरान से 110 भारतीय नागरिकों को लेकर विमान दिल्ली पहुंचा।
ईरान से भारत पहुंची छात्रा ग़ज़ल ने बताया, "हमें बहुत खुशी है कि हम वापस आए हैं। भारतीय दूतावास ने हमें बहुत अच्छे से रेस्क्यू किया। हम उनके बहुत आभारी हैं..." pic.twitter.com/XVVkpFEnaz— ANI_HindiNews (@AHindinews) June 19, 2025
भारतको विदेश मन्त्रालयका अनुसार, भारतले इरानबाट भारतीय नागरिक निकाल्न 'अपरेसन सिन्धु' सुरु गरेको छ।
Shares

प्रतिक्रिया