ग्लोबल


इरानमा अमेरिकाको आक्रमणपछि यसो भन्छ अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी

इरानमा अमेरिकाको आक्रमणपछि यसो भन्छ अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी

इरानको आणविक स्थलको हवाई दृश्य।


नेपालखबर
असार ८, २०८२ आइतबार १२:२२, काठमाडौँ

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले अमेरिकाले गरेको आक्रमणपछि इरानका तीनवटा आणविक स्थलनजिकका क्षेत्रमा विकिरण (रेडिएसन) को स्तर नबढेको बताएको छ।

आईएईएले एक्स अकाउन्टमा लेखेको छ, ‘फोर्डोसहित इरानका तीन आणविक स्थलमा आक्रमणपछि आईएईएले पुष्टि गरेको छ- अहिलेसम्म वरपरका क्षेत्रमा विकिरण वृद्धि भएको कुनै खबर छैन।’

आईएईएले थप जानकारी प्राप्त गर्दै जाँदा इरानको अवस्थाबारे जानकारी दिँदै जाने पनि उल्लेख गरेको छ।

यसअघि इरानको आणविक ऊर्जा संगठन (एईओआई) ले अमेरिकाले इरानका तीन आणविक स्थलमा गरेको आक्रमणको निन्दा गरेको थियो।

साथै उसले अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना आणविक स्थलमा आक्रमणको निन्दा गर्न र इरानलाई समर्थन गर्न पनि अपिल गरेको छ।

इजरायलसँग युद्ध गरिररहेको इरानमा अमेरिकाले गएराति बम हमला गरेको हो। 

इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।  

इरानले पनि अमेरिकाबाट आक्रमण भएको पुष्टि गरेको छ। 

इरान अझै शान्तिको बाटोमा नआए थप ठूला हमला गरिने चेतावनी ट्रम्पले दिएका छन्। 

यसैबीच संयुक्त राष्ट्रसंघले इरानमा अमेरिकाको आक्रमणप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad