ग्लोबल


इजरायल र इरानले थाले एकअर्काका सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण

इजरायल र इरानले थाले एकअर्काका सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण

इरानको सरकारी सञ्चारमाध्यमले इरानले बेन गुरियन विमानस्थलसहित धेरै ठाउँलाई निशाना बनाएको छ।


नेपालखबर
असार ८, २०८२ आइतबार १४:१५, काठमाडौँ

इजरायली रक्षा बलले इरानका धेरै 'सैन्य अड्डा'मा आक्रमण गर्न थालिएको बताएको छ।

आईडीएफले आफ्नो एक्स अकाउन्टमार्फत इरानका धेरैवटा सैन्य अड्डामा हमला सुरु गरिएको जानकारी दिएको हो।

आईडीएफले एक्समा लेखेको छ, ‘आईडीएफले पश्चिमी इरानका धेरै सैन्य अड्डाहरूमा आक्रमण गर्न थालेको छ। आज बिहान आईडीएफले इरानी सैनिकहरूलाई पनि आक्रमण गरेको छ, जो इजरायलमा आक्रमण गर्न तम्तयार थिए।’

आईडीएफले केही समयअघि इजरायलतर्फ प्रहार गरिएका क्षेप्यास्त्र तुरुन्तै निष्क्रिय पारिएको दाबी पनि गरेको छ। 

यसैबीच इरानको सरकारी सञ्चारमाध्यमले इरानले बेन गुरियन विमानस्थलसहित इजरायलका धेरै क्षेत्रलाई निसाना बनाएको बताएको छ।

साथै इजरायली सेनालाई मद्दत गर्ने केन्द्र, सेनाका कमान्ड तथा नियन्त्रण कार्यालय र जैविक अनुसन्धान केन्द्रलाई पनि लक्ष्य गरिएको इरानको दाबी छ। 

इरानी मिडियाका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले इजरायलविरुद्धको यो आक्रमणमा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरिएको बताएको छ।

इजरायललाई साथ दिँदै अमेरिकाले पनि शनिबार राति इरानमा बम हमला गरेको छ। तथापि अमेरिकाकै डेमोक्र्याटिक पार्टीका नेताहरूले यसको निन्दा गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइरहेका छन्। 

सुरुमा इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ।

यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ। 

उता इजरायलमा पनि २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइते भएको बताइएको छ। 

यहीबीच अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad