ग्लोबल


इजरायल भन्छ: इरानका ६ विमानस्थलमा आक्रमण गर्‍यौँ, लडाकु विमान ध्वस्त

इजरायल भन्छ: इरानका ६ विमानस्थलमा आक्रमण गर्‍यौँ, लडाकु विमान ध्वस्त

नेपालखबर
असार ९, २०८२ सोमबार १३:४७, काठमाडौँ

इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको बताएको छ। 

यस क्रममा १५ वटा विमान नष्ट भएको र धावनमार्गमा क्षति पुगेको दाबी उसले गरेको छ। 

इजरायली रक्षा बलले सामाजिक सञ्जालमार्फत इरानमा आक्रमणको दाबी गरेको हो। 

आईडीएफले भनेको छ, ‘आक्रमण- पश्चिमी, पूर्वी र मध्य इरानमा अवस्थित विमानस्थलहरूमा गरिएको हो।’

इजरायली सेनाले धावनमार्ग र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको बताएको छ।

आईडीएफले गरेको दाबीअनुसार इजरायलको हवाई आक्रमणमा इरानका एफ-१५ र एफ-५ लडाकु विमान, इन्धन भर्ने विमान एएच-१ कोब्रा अट्याक हेलिकप्टर नष्ट भएका छन्।

इरानले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad