कतारले इजरायल र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ।
कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी यो युद्धविराम सम्झौताले मध्यपूर्व क्षेत्र र यसबाहिरका द्वन्द्व समाधानका लागि वार्ताको ढोका खोल्ने आशा व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई आशा छ- यो सम्झौता क्षेत्र र बाहिरका द्वन्द्व समाधान गर्न वार्ता र कूटनीति अपनाउने दिशामा अर्थपूर्ण कदम साबित हुनेछ।’
कतारको विदेश मन्त्रालयले अगाडि भनेको छ, ‘इरानले कतारको सार्वभौमसत्ता र हवाई क्षेत्रको उल्लंघन गर्नु यस क्षेत्रमा खतरनाक तनावको एक हिस्सा हो, जसलाई रोक्न इमानदार र सामूहिक प्रयास आवश्यक छ।’
विदेश मन्त्रालयले इजरायल र इरानबीच युद्धविरामका लागि प्रयास गरेकामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा पनि गरेको छ।
यसअघि ट्रम्पले इरान र इजरायलबीच मंगलबार बिहानदेखि युद्धविराम लागु भएको घोषणा गरेका थिए।
तर भर्खरै ट्रम्पले युद्धविराम उल्लंघन गरेको भन्दै दुवै देशको आलोचना गरेका छन्।
Shares

प्रतिक्रिया