ग्लोबल


उत्तराखण्ड: २० जना सवार टेम्पो ट्राभलर अलकनन्दा नदीमा खस्यो

उत्तराखण्ड: २० जना सवार टेम्पो ट्राभलर अलकनन्दा नदीमा खस्यो

दुर्घटनास्थल


नेपालखबर
असार १२, २०८२ बिहिबार ११:५९, काठमाडौँ

उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा बिहीबार बिहान टेम्पो ट्राभलर गाडी अलकनन्दा नदीमा खसेको छ। 

अहिलेसम्म २ जनाको मृत्यु भएको र १० जना बेपत्ता भएको जानकारी जिल्ला प्रशासनले दिएको छ। 

बीबीसी हिन्दीका अनुसार रुद्रप्रयागस्थित घोलथिरको स्टेट बैंक मोडनजिकै चारधाम यात्रामाका लागि निस्केका यात्रु सवार गाडी नदीमा खसेको हो। 

जिल्ला प्रशासनका अनुसार, रुद्रप्रयागबाट बद्रीनाथ जाँदै गरेको टेम्पो ट्राभलर दुर्घटनामा परेको खबर आज बिहान करिब ८ बजे जानकारी आएपछि जिल्ला प्रहरी, एसडीआरएफ, दमकल र स्थानीय मानिस उद्धारमा जुटेका छन्। 

प्रशासनका अनुसार दुर्घटनाको समयमा चालकसहित कुल २० जना सवार रहेको बताइएको छ। यो ३१ सिट भएको टेम्पो ट्राभलर थियो, जसमा उदयपुर (राजस्थान) र गुजरातका एक परिवार चारधाम यात्रामा थियो।

रुद्रप्रयाग जिल्ला प्रशासनले भनेको छ, ‘दुर्घटनामा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १० जना यात्रु बेपत्ता छन्। नदीले बगाएको बस र बेपत्ता यात्रुको खोजी जारी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad