ग्लोबल


खामेनीको चेतावनी: इरानमा आक्रमण भयो भने शत्रुले ठूलो मूल्य चुकाउनुपर्नेछ

‘ट्रम्प आत्मसमर्पण गर्न भन्छन् तर यो सानो मुख, ठूलो कुराजस्तै हो’
खामेनीको चेतावनी: इरानमा आक्रमण भयो भने शत्रुले ठूलो मूल्य चुकाउनुपर्नेछ

नेपालखबर
असार १२, २०८२ बिहिबार २०:८, काठमाडौँ

इजरायलसँग युद्धविराम घोषणापछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आज पहिलो भिडिओ सन्देश जारी गरेका छन्।

जसमा उनले फेरि इरानमा आक्रमण भयो भने नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। 

खामेनीले भनेका छन्, ‘यदि (इरान) माथि आक्रमण भयो भने शत्रु वा आक्रमणकारीले निश्चित रूपमा ठूलो मूल्य चुकाउनुपर्नेछ।’

उनले यस क्षेत्रमा रहेका अमेरिकी अड्डामा थप आक्रमण गर्ने धम्की पनि दिएका छन्।

खामेनीले भनेका छन्, ‘ट्रम्प इरानलाई आत्मसमर्पण गर्न भन्छन् तर यो 'सानो मुख, ठूलो कुरा'जस्तै हो।’ 

खामेनीको यो टिप्पणी इरान र इजरायलबीच १२ दिने युद्ध समाप्त भएको दुई दिनपछि आएको हो।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट इरानमा अहिलेसम्म कम्तीमा ६२७ नागरिक मारिएका छन्।

एएफपी समाचार एजेन्सीको रिपोर्टअनुसार इजरायलमा चाहिँ इरानको आक्रमणले अहिलेसम्म २८ जनाको मृत्यु भएको छ।

सुरुमा इजरायलले जुन १३ तारिखका दिन इरानविरुद्ध हमला गरेपछि दुई देशबीच युद्ध सुरु भएको हो।

तर जुन २४ तारिखमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच युद्धविराम भएको घोषणा गरेका हुन्। तथापि त्यसयता पनि इरान र इजरायलले एकअर्काविरुद्ध युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad