ग्लोबल


इजरायलको आक्रमणमा इरानका अर्का आणविक वैज्ञानिक मारिएको पुष्टि

इजरायलको आक्रमणमा इरानका अर्का आणविक वैज्ञानिक मारिएको पुष्टि

नेपालखबर
असार १३, २०८२ शुक्रबार २०:४, काठमाडौँ

इरानको विज्ञान तथा प्रविधि विश्वविद्यालयले इजरायली आक्रमणमा अर्का एक 'आणविक वैज्ञानिक'को मृत्यु भएको जानकारी दिएको छ।

बीबीसी फारसीका अनुसार, विश्वविद्यालयले भनेको छ- सुलेमानी एक रासायनिक इन्जिनियरिङ स्नातक तथा आणविक वैज्ञानिक थिए, जो हालैका दिनमा इजरायली आक्रमणमा मारिए।

विश्वविद्यालयले इजरायली आक्रमणमा उनको मृत्यु कहाँ भयो भन्नेबारे भने जानकारी नभएको बताएको छ।

इरानका विभिन्न भागमा भएका आक्रमणमा इजरायलले आणविक र सैन्य अड्डाका साथै धेरै जना आणविक वैज्ञानिक र सैन्य कमान्डरलाई निशाना बनाएको थियो।

इजरायलले सुरुमा जुन १३ तारिखका दिन इरानमा हमला गरेको थियो। त्यसयता पछि दुई देशबीच हानाहान भएको थियो।

तर बाह्रौँ दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि लडाइँ रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad