ग्लोबल


इरानलाई ३० अर्ब डलर सहयोग गर्दै ट्रम्प!

इरानलाई ३० अर्ब डलर सहयोग गर्दै ट्रम्प!

नेपालखबर
असार १४, २०८२ शनिबार ११:४६, काठमाडौँ

अमेरिकाले इरानलाई नागरिक आणविक कार्यक्रमका लागि ३० अर्ब अमेरिकी डलर सहयोग गर्ने विचार गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ। 

सीएनएनको दाबीअनुसार ट्रम्प प्रशासनका एक अधिकारीले अमेरिकाले इरानलाई २०/३० अर्ब डलरको सहायता प्रस्ताव गर्न सक्ने बताएका हुन्। 

ती अधिकारीका अनुसार बदलामा इरानले युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्नुपर्नेछ। इरानको घरेलु ऊर्जा आवश्यकता पूरा गर्न र आणविक बम निर्माण गर्नबाट रोक्न यो योजना अघि सारिएको हो। 

इरानसँग रोकिएको आणविक वार्ता पुनः सुरु गर्ने प्रयासमा शीर्ष अमेरिकी र पश्चिम एसियाली अधिकारी तेहरान (इरानको राजधानी) सँग सम्पर्कमा रहेको पनि सीएनएनले दाबी गरेको छ।

यसैबीच डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले पनि इरानसँग व्यापक शान्ति सम्झौताको आशा व्यक्त गरेका छन्।

यही जुन २२ मा अमेरिकाले इरानका आणविक स्थलहरूमा बंकर बस्टर बम खसालेको थियो। त्यसको एक हप्ता पनि नबित्दै ट्रम्पले इरानसँग वार्ता सुरु गर्ने प्रयास गरिरहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad