राजनीति


ओलीको टिप्पणी: महाधिवेशन नआउँदै पार्टीका केही स्वार्थीलाई महाधिवेशन लागेको छ

ओलीको टिप्पणी: महाधिवेशन नआउँदै पार्टीका केही स्वार्थीलाई महाधिवेशन लागेको छ

नेपालखबर
असार १४, २०८२ शनिबार ११:५३, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्रका केही स्वार्थीलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। 

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार राष्ट्रिय युवा संघले काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३, कंकालीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रम शुभारम्भमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूले अहिलेदेखि महाधिवेशनको चर्चा गरेको आरोप लगाएका हुन्। 

‘हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेला महाधिवेशन नआउँदै महाधिवेशन लागेकोजस्तो देखाउन आवश्यक छैन। हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन’, उनले भने, ‘केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन।’

अब हुने महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाउनुपर्छ भन्ने चर्चा चलिरहेका बेला वर्तमान ओलीबाट उक्त आक्रोश व्यक्त भएको हो। 

त्यसो त राष्ट्रपति बनेपछि १० वर्ष पार्टीगत राजनीतिबाट अलग रहेकी भण्डारीले आजै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने तयारी गरेकी छन्। आफ्ना पति मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउन्डेसन’ले आज काठमाडौँमा आयोजना गर्ने कार्यक्रममार्फत उनले पुनः एमालेको सक्रिय राजनीतिमा प्रवेश गर्ने उद्घोष गर्ने भएकी हुन्। जसमा अध्यक्ष ओलीलाई समेत प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। 

सम्बन्धित थप सामग्री:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad