इरानले इजरायलको आक्रमणमा मारिएका आफ्ना ६० जनाको सामूहिक रूपमा अन्तिम संस्कार गरेको छ।
इजरायलसँग हालै भएको १२ दिने युद्धका क्रममा मारिएका शीर्ष सैन्य कमान्डर र आणविक वैज्ञानिकसमेत ६० जनालाई इरानी झन्डा ओढाउँदै शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको हो।
अन्तिम संस्कारअघि राजधानी तेहरानको एङ्गेलाब स्क्वायरनजिकै मृत कमान्डरहरूको तस्बिर सजाउँदै पार्थिव शरीर राखिएको थियो। श्रद्धाञ्जली दिन ठूलो संख्यामा इरानीहरू भेला भएका थिए।
Distressed mourners rub clothing on their heroes' coffins
The Iranian commanders and nuclear scientists assassinated by Israel are driven to funeral ceremonies pic.twitter.com/uKfPabBVl8 — RT (@RT_com) June 28, 2025
यसअघि मानिसहरूलाई शवयात्रामा सहभागिताका लागि सञ्चारमाध्यममार्फत अपिल गरिएको थियो भने प्रशासनले नि:शुल्क बस र मेट्रो सेवा दिएको थियो।
सरकारी कर्मचारीहरूलाई पनि अन्तिम संस्कारमा उपस्थितिको अनुमति दिन अधिकारीहरूले सरकारी कार्यालयहरू बन्द गराएका थिए।
Iranian president at funeral procession for those 'martyred by Israeli aggression'
— RT (@RT_com) June 28, 2025
Is he safe after IDF tried to kill Supreme Leader? https://t.co/4ohYTEuwfi pic.twitter.com/eo5MBmQbkI
युद्धमा मारिएकाहरूलाई श्रद्धाञ्जली दिन इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि राजधानी तेहरान पुगेका थिए।
इरानको सरकारी टीभीका अनुसार शनिबार चार महिला र चार बालबालिकासहित कुल ६० जनाको दाहसंस्कार गरिएको हो।
१२ दिनसम्म चलेको युद्धमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछिको शीर्ष कमान्डर इरानी सेनाका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बगेरी, इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सका कमान्डर इन चिफ जनरल हुसेन सलामी, सेनाको डेपुटी कमान्डर इन चिफ जनरल गुलाम अली रासिद तथा आणविक वैज्ञानिकहरू फेरेदुन अब्बासी, मोहम्मद मेहदी तेहरानचीलगायत मारिएका थिए।
यसबीच अमेरिकाले पनि इजरायललाई साथ दिँदै जुन २१ (असार ७) राति इरानका आणविक स्थलहरूमा बम हमला गरेको थियो। बदलामा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा जुन २३ (असार ९) मा क्षेप्यास्त्र हानेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै जुन २४ (असार १०) मा अचानक इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया