ग्लोबल


आत्मघाती आक्रमणमा आफ्ना १३ सैनिक मारिएपछि पाकिस्तानले लगायो भारतलाई दोष

आत्मघाती आक्रमणमा आफ्ना १३ सैनिक मारिएपछि पाकिस्तानले लगायो भारतलाई दोष

नेपालखबर
असार १५, २०८२ आइतबार ९:२, काठमाडौँ

पाकिस्तानको वजिरिस्तानमा शनिबार सैन्य गाडीमा भएको आत्मघाती आक्रमण भारतले गराएको आरोप पाकिस्तानीले सेनाले लगाएको छ। 

शनिबार उत्तरी वजिरिस्तान जिल्लाको खाड्डी क्षेत्रमा पाकिस्तानी सेनाको बम डिस्पोजल युनिटको माइन-रेजिस्टेन्ट एम्बुस प्रोटेक्टेड (एमआरएपी) गाडीमा एक आत्मघाती बम हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडी ठोकाउँदा १३ सैनिक मारिएका छन्। 

बीबीसी उर्दुका अनुसार, पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले भारतलाई दोष दिँदै भनेको छ, ‘यो आक्रमण भारत-प्रायोजित आतंककारीहरूले गरेका थिए।’

भारतले भने यसको खण्डन गरेको छ। 

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामीले पाकिस्तानी सेनाको आधिकारिक बयान देखेका छौँ, जसमा जुन २८ मा वजिरिस्तानमा भएको आक्रमणका लागि भारतलाई जिम्मेवार ठहर्‍याइएको छ। हामी यसलाई पूर्ण रूपमा अस्वीकार गर्छौं।’

आईएसपीआरका अनुसार शनिबार आत्मघाती हमलापछि पाकिस्तानी सुरक्षा बलले गरेको कारबाहीमा १४ जना आतंककारी पनि मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad