ग्लोबल


पाकिस्तानको कराचीमा पाँचतले भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु

पाकिस्तानको कराचीमा पाँचतले भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
असार २१, २०८२ शनिबार २०:३४, काठमाडौँ

पाकिस्तानको कराची सहरमा आवासीय भवन भत्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान भएको उक्त दुर्घटनामा धेरै जना घाइते भएको बताइएको छ। 

कराची को स्थानीय प्रशासनले यो पाँचतले भवनलाई तीन वर्षअघि नै बस्न असुरक्षित भनेको थियो।

तर घरधनी र भाडामा बस्नेहरूले आफूहरूलाई भवन खाली गर्न सूचना नपाएको बताएका छन्।

एक वरिष्ठ सरकारी अधिकारी जावेद नबी खोसोले भने समाचार एजेन्सी एएफपीसँग २०२२, २०२३ र २०२४ मा भवनमा बस्नेहरूलाई हट्न सूचना दिइएको दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad