ग्लोबल


इजरायलले थाल्यो हुथीविरुद्ध यमनमा आक्रमण

इजरायलले थाल्यो हुथीविरुद्ध यमनमा आक्रमण

फाइल तस्बिर: ग्यालेक्सी लिडर जहाज


नेपालखबर
असार २३, २०८२ सोमबार १०:२०, काठमाडौँ

इजरायलले हुथी नियन्त्रित यमनमा तीन बन्दरगाह र एउटा पावर प्लान्टमा आक्रमण गरिएको बताएको छ।

इजरायली सेनाले आक्रमणअघि हुदैदा, रास इसा र सैफ बन्दरगाहआसपासका नागरिकलाई त्यहाँबाट हट्न चेतावनी दिएको थियो।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत हमला गरेको कुरा पुष्टि गरेका छन्।

आक्रमणमा व्यावसायिक जहाज ग्यालेक्सी लिडर पनि परेको उनले बताएका छन्।

इजरायलले २०२३ मा विद्रोही समूहले अपहरण गरेको उक्त जहाज अन्तर्राष्ट्रिय पानीमा समुद्री जहाजको निगरानी गर्न प्रयोग गरिएको बताएको छ।

आक्रमणपछि इजरायली सेनाले यमनबाट दुईवटा क्षेप्यास्त्र प्रहार भएको र तिनलाई रोक्ने प्रयास गरिएको पनि बताएको छ।

यमनमा हुथीद्वारा सञ्चालित मिडियाले आक्रमण भएको स्वीकार गरे पनि यसबाट भएका क्षति वा हताहतबारे कुनै जानकारी दिएको छैन।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले उक्त आक्रमण अपरेसन ब्ल्याक फ्ल्यागको हिस्सा भएको उल्लेख गरेका छन्। उनले हुथीहरूले ‘आफ्नो कर्मको ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी पनि दिएका छन्।

उनले एक्समा पोस्ट गरेका छन्, 'यमनले तेहरानको जस्तै दुर्दशा भोग्नेछ। इजरायललाई हानि पुर्‍याउने प्रयास गर्नेलाई हानि पुर्‍याइनेछ र इजरायलविरुद्ध हात उठाउने जो कोहीको हात काटिनेछ।' 

इजरायल-हमास युद्ध सुरु भएदेखि इरान-समर्थित हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन इजरायलमा नियमित रूपमा मिसाइल प्रहार गरिरहेका छन् र लाल सागरमा व्यावसायिक जहाजलाई निसाना बनाइरहेका छन्।

इजरायली वायुसेनाले यमनी बन्दरगाहहरूमा आक्रमण इजरायल र यसका नागरिकविरुद्ध हुथीहरूले गरेको आक्रमणको प्रतिक्रिया भएको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad