ग्लोबल


पुटिनले मन्त्री पदबाट हटाएकै दिन मृत भेटिए रोमन स्टारोभोइट

पुटिनले मन्त्री पदबाट हटाएकै दिन मृत भेटिए रोमन स्टारोभोइट

रुसका पूर्वयातायात मन्त्री रोमन स्टारोभोइट मृत फेला परेका छन्।


नेपालखबर
असार २४, २०८२ मंगलबार ६:७, काठमाडौँ

रुसका पूर्वयातायात मन्त्री रोमन स्टारोभोइट मृत फेला परेका छन्।

बीबीसीका अनुसार रुसको अनुसन्धान समितिले पूर्वमन्त्री स्टारोभोइट सोमबार मृत भेटिएको जानकारी दिएको हो।

उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार नै पदबाट हटाएका थिए।

उनलाई बर्खास्त गर्नुको कुनै कारण दिइएको थिएन।

त्यसको केही समयपछि नै उनको स्थानमा उपयातायात मन्त्री आन्द्रेई निकितिनलाई मन्त्री नियुक्ति गरिएको थियो।

अनुसन्धान समितिले यो घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएको छ।

स्टारोभोइटलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो।

यसअघि उनी लगभग ९ वर्षसम्म कुर्स्क क्षेत्रका गभर्नर थिए।

सोमबार स्टारोभोइटलाई मृत घोषणा गर्नुअघि पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई कुर्स्कमा भएका घटनाका कारण पुटिनले स्टारोभोइटप्रति विश्वास गुमाए कि भनेर सोधेका थिए। 

जवाफमा पेस्कोभले भने, ‘यदि विश्वास गुमाएको भए यो कुरा राष्ट्रपतिको आदेशमा लेखिएको हुन्थ्यो। त्यस्ता कुनै शब्द प्रयोग गरिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad