ग्लोबल


रुसद्वारा युक्रेनमा ‘अहिलेसम्मकै ठूलो’ हमला, ट्रम्पले गरे पुटिनको आलोचना

रुसद्वारा युक्रेनमा ‘अहिलेसम्मकै ठूलो’ हमला, ट्रम्पले गरे पुटिनको आलोचना

नेपालखबर
असार २५, २०८२ बुधबार २०:४५, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै ठूलो हवाई हमला गरेको बताएका छन्।

जेलेन्स्कीले रुसले युक्रेनका धेरै सहरमा पटकपटक गरेर ७२८ ड्रोन र १३ क्रुज वा ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका छन्। 

आक्रमणको निन्दा गर्दै उनले भनेका छन्, ‘यो त्यस्तो समयमा भएको हो, जब शान्ति स्थापना र युद्धविराम गर्न धेरै प्रयास भइरहेका छन्, तर यी सबै प्रयास निरन्तर अस्वीकार गर्ने रुस मात्र हो।’

यो आक्रमण, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनमा थप हतियार पठाउने बताएका बेला भएको हो। 

मंगलबार ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

ट्रम्पले पत्रकारहरूसँग भने, ‘यदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने उहाँ (पुटिन) ले हामीसँग सधैँ राम्रो व्यवहार गर्नुहुन्छ, तर त्यो सबै बेकार साबित हुन्छ।’

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी यसबारे एकदम शान्त छौँ, ट्रम्पको बोल्ने तरिका सामान्यतया एकदम कठोर छ र उहाँले प्रयोग गर्ने शब्द पनि त्यस्तै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad