ग्लोबल


टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो, घटनास्थल जाँदै ट्रम्प दम्पती

टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो, घटनास्थल जाँदै ट्रम्प दम्पती

ट्रम्प दम्पती


नेपालखबर
असार २८, २०८२ शनिबार ५:४५, काठमाडौँ

अमेरिकाको टेक्सस राज्यमा केही दिनअघि अचानक आएको बाढीमा परी मृत्यु भएकाको संख्या १२० पुगेको छ भने १६१ जना अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। 

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानियासँगै बाढीग्रस्त क्षेत्र अवलोकन गर्न जाने भएका छन्। 

यस क्रममा उनीहरूले टेक्ससको शहर केर्भिलमा उद्धारकर्मी र बाढीपीडित परिवारलाई भेट्न सक्छन्।

वासिङ्टनबाट निस्कने क्रममा ट्रम्पले भने, ‘कसैले पनि विश्वास गर्न सक्दैन- यति छिटो यति धेरै पानी।’

यही असार २० गते भीषण आँधीबेहरीसँगै ग्वाडालुप नदीमा भयानक बाढी आउँदा टेक्ससमा ठूलो विनाश भयो। 

केही घण्टामै ठूलो वर्षा भयो। नदीमा पानीको सतह बढ्दा घर, सडक र सवारीसाधन डुबे।

ग्वाडालुप नदीको किनारमा अवस्थित क्रिस्चियन शिविर 'मिस्टिक'मा रहेका कम्तीमा २७ जना किशोरी र कर्मचारीको मृत्यु भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad