ग्लोबल


जापान र अस्ट्रेलियालाई पेन्टागनले सोध्यो: ताइवान युद्धका बेला तिमीहरूको भूमिका के हुन्छ?

जापान र अस्ट्रेलियालाई पेन्टागनले सोध्यो: ताइवान युद्धका बेला तिमीहरूको भूमिका के हुन्छ?

एल्ब्रिज कोल्बी (बायाँ)


नेपालखबर
असार २९, २०८२ आइतबार १५:४९,

अमेरिका र चीनबीच ताइवानमा युद्ध भयो भने त्यो बेला आफूले खेल्ने भूमिका स्पष्ट पार्न पेन्टागनले जापान र अस्ट्रेलियालाई दबाब दिएको छ। अमेरिकी अधिकारीहरूको यो कदमले इन्डो–प्यासिफिकमा अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण दुई सहयोगी चकित भएका छन्।

रक्षा मन्त्रालयको नीति विभागका उपमन्त्री एल्ब्रिज कोल्बीले पछिल्लो जापानी र अस्ट्रेलियाली रक्षा अधिकारीसँगको भेटमा यो कुरा स्पष्ट पार्न दबाब दिइरहेका छन्। सम्भावित ताइवान युद्धका लागि सहयोगी मुलुकहरूले तयारी बढाऊन् भनेर अमेरिकी अधिकारीहरूले जोड गरिरहेका छन्।

अमेरिकाले आफ्ना सहयोगीहरूलाई रक्षा बजेट बढाउन आग्रह गरिरहेको छ।

यो खबर बाहिरिएपछि कोल्बीले रक्षा मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति लागू गरिरहेको बताएका छन्।

‘हामी युद्ध चाहिरहेका छैनौँ, न त चीनमाथि प्रभुत्व कायम गर्न नै चाहन्छौँ। हामीले चाहेको भनेको अमेरिका र उसका सहयोगीसँग शान्ति सुनिश्चित गर्ने शक्ति होस् भन्ने मात्रै हो,’ एक अमेरिकी अधिकारीको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

अधिकारीहरूले जापान र अस्ट्रेलियासँग ताइवानमा युद्ध भइहालेको अवस्थामा लागू हुने योजना र सैन्य अभ्यास अघि बढेको जानकारी दिएका छन्। 

‘तर, यस्तो आग्रहले टोकियो र क्यानबेरा चकित परेको छ किनभने अमेरिका आफैँले ताइवानको रक्षा गर्ने वाचा गरेको छैन,’ एक अधिकारीले भने।

अमेरिकाले ताइवान मामिलामा रणनीतिक अस्पष्टताको नीति अपनाउँदै आएको छ। तर, यसअघि बाइडेनले चारपटक ताइवानको रक्षा गर्ने सार्वजनिक घोषणा गरेका थिए। तर, त्यसपछि ट्रम्पले भने पुरानो नीतिलाई निरन्तरता दिएको देखिन्छ।

त्यसैले यस्तो प्रश्नको जवाफ दिन जापान र अस्ट्रेलियाली अधिकारीहरूलाई मुस्किल परेको उनीहरूको भनाइ छ।

जापानको रक्षा मन्त्रालयले भनेको छ, ‘ताइवान संकटसम्बन्धी काल्पनिक प्रश्नको जवाफ दिन कठिन छ। हाम्रो प्रतिक्रिया हाम्रो संविधान, अन्तर्राष्ट्रिय कानुन र नियमका आधारमा त्यतिबेलाको परिस्थितिअनुसार निर्धारण हुन्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad