अमेरिकाले विदेश मन्त्रालयका झण्डै १५ सय कर्मचारीलाई बर्खास्त गरेको छ। संघीय सरकारका कर्मचारी घटाउने डोनाल्ड ट्रम्पको अभियानका क्रममा उनीहरूलाई हटाइएको हो।
बर्खास्तमध्ये १ हजार १०७ जना निजामती सेवाका छन् भन् २४६ जना वैदेशिक सेवाका। शुक्रबार उनीहरूलाई बर्खास्तीको सूचना पठाइएको छ।
यही वर्ष विदेश मन्त्रालयका १५ सयभन्दा बढी कर्मचारीले स्वेच्छिक अवकाश लिएका थिए। आलोचकहरूले यसरी ठूलो संख्यामा कर्मचारी कटौती गर्दा विदेश मन्त्रालयको काममा असर पर्ने बताएका छन्।
विदेशमन्त्री मार्को रुबियोले ती कर्मचारी नभई पदहरू आवश्यक नरहेकाले कटौती गरिएको तर्क गरेका छन्।
सिनेटको विदेश सम्बन्ध समितिका डेमोक्र्याटहरूले एक विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयका सयौँ कर्मचारी एकैपटक निकाल्दा राष्ट्रिय सुरक्षालाई असर पर्ने बताएका छन्।
यसअघि संघीय कर्मचारी कटौती गर्ने ट्रम्पको प्रयास अघि बढाउन मिल्ने आदेश सर्वोच्च अदालतले दिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया