ग्लोबल


विमान दुर्घटना भएपछि लन्डनको साउथेन्ड विमानस्थल बन्द

विमान दुर्घटना भएपछि लन्डनको साउथेन्ड विमानस्थल बन्द

लन्डनको साउथेन्ड विमानस्थल आइतबार विमान खस्दा भएको आगलागी।


नेपालखबर
असार ३०, २०८२ सोमबार ८:५८, काठमाडौँ

विमान खसेर ध्वस्त भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।

बेलायतको राजधानी लन्डनस्थित साउथेन्ड विमानस्थलमा स्थानीय समयअनुसार आइतबार दिउँसो एउटा सानो विमान उड्नेबित्तिकै जमिनमा बजारिएको हो।

१२ मिटर (३९ फिट) लामो बिच बी२०० सुपर किंग एयर दुर्घटना हुँदा आगलागी भएको थियो। नेदरल्यान्ड्सको लेलिस्ट्याड जान उडेको उक्त विमानमा कति जना थिए भन्ने  जानकारी आइसकेको छैन।

विमान दुर्घटनापछि विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्मका लागि यहाँबाट हुने उडान स्थगन गरिएकाले सोमबार यात्रा गर्ने मानिसहरूलाई आफ्नो एयरलाइन्समा सम्पर्क गर्न सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad