समाज


भोटेकोसीमा फेला परेका गोरखाका २ शव सनाखत गर्न आफन्त आएनन्

भोटेकोसीमा फेला परेका गोरखाका २ शव सनाखत गर्न आफन्त आएनन्

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८२ सोमबार ९:४२, गाेरखा

रसुवाको भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका गोरखाका दुई जनाका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ। 

बाढीमा कन्टेनर चालक गोरखा पालुङटार निवासी दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्मा पुरिएर बेपत्ता भएका थिए। तर, उनीहरुका आफन्त हालसम्म शवको सनाखत गर्न नआएका प्रहरीले जनाएको छ।

गत असार २४ गते तिब्बतबाट कन्टेनरमा सामान ढुवानी गरिरहेका बेला अचानक भोटेकोसीमा बाढी आई कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए। 

पालुङ्टार–६ गोरखाका भनिएका विक र तामाङ रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए। 

हाल विभिन्न व्यक्तिको शव फेला परिरहेको र मुचुल्का गरी रसुवा जिल्ला अस्पतालको शवगृहमा राखिएका छन्। तर शव सनाखत गर्न गोरखाका कोही सम्पर्कमा नआएपछि पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले बताए।

शव सनाखत तथा दाबी गर्न कोही नआएपछि जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरिएको एसपी विकले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad