सुरक्षा कमजोरीका कारण मंगलबार अमेरिकाको राष्ट्रपति भवन 'ह्वाइट हाउस'मा लकडाउन गर्नपरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यउमका अनुसार मंगलबार कसैले ह्वाइट हाउसको सुरक्षा बारमाथि फोन फ्याँकेको थियो।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँग भनिन्, ‘कसैले आफ्नो फोन बारमाथि फ्याँकेको थियो। यसपछि लगत्तै आवश्यक सुरक्षा उपाय अपनाइएको थियो।’

हतारहतार पत्रकारहरूलाई जेम्स ब्राडी ब्रिफिङ रुममा सारिएको थियो र पेन्सिलभेनिया एभिन्यु अस्थायी रूपमा बन्द गरिएको थियो।
तर पछि स्थिति सामान्य भयो। ह्वाइट हाउसले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन।

घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै थिए र पेन्सिलभेनिया जाने तयारी गरिरहेका थिए।
यो घटनाले उनको कार्यक्रमलाई असर गरेन र उनी आफ्नो निर्धारित समयमा पेन्सिलभेनिया प्रस्थान गरे।

Shares

प्रतिक्रिया